३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

सिन्धुलीबाट हराएको हायू परिवार पोखरामा भेटिएको आशंका, प्रहरी टोली होटेलतर्फ जाँदै

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाबाट चार दिनदेखि रहस्यमय रूपमा सम्पर्कविहीन भएका १६ जनाको हायू परिवार पोखरामा हुनसक्ने आशंका गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखराका दुई फरक होटेलमा सो समूह बसेको हुनसक्ने सूचना प्राप्त भएको छ।

‘एक होटेलमा ४ जना र अर्कोमा १२ जना बसेको र उनीहरूको नाम पनि हराएको परिवारका सदस्यहरूसँग मिलेको प्रारम्भिक जानकारी आएको छ,’ कास्की प्रहरीका एक अधिकारीले भने, ‘तर, उनीहरू नै हुन् भन्ने यकिन भइसकेको छैन।’

उक्त सूचना प्राप्त हुनासाथ कास्की प्रहरीको टोली सम्बन्धित होटेलतर्फ अनुसन्धानका लागि खटिएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८२ २१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App