१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

गोरखाबाट गोसाइकुण्ड जाँदै गरेको बस बाढीले बगायो: ३५ जना बेपत्ता

गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्डतर्फ जाँदै गरेको यात्रुवाहक बस रसुवामा आएको बाढीले बगाएको छ। बाढीले बस बगाउँदा त्यसमा सवार अधिकांश यात्रु सम्पर्कविहीन भएका छन्। 

ग२ख ११५२ नम्बरको उक्त बस बुधबार राति करिब २ बजे पालुङटारबाट गोसाइँकुण्डतर्फ प्रस्थान गरेको थियो। बसमा कम्तीमा ४० जना यात्रु सवार रहेको प्रारम्भिक विवरण छ। 

बेत्रावती पुगेका बेला अचानक आएको बाढीले बस बगाएको र बसमा सवार पाँच जना यात्रु हामफालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। हामफालेर बाँच्न सफल पाँचमध्ये एक महिलाले गोरखामा रहेका आफन्तलाई घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनाको जानकारी पाएको हो। 

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाढीमा हराएको बस तथा त्यसमा सवार अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी छ।

प्रहरीले प्राप्त गरेको विवरणअनुसार बसमा सवार रहेको भनिएका यात्रुहरूको नामावलीमा सागर देवकोटा, राममाया देवकोटा, रविन्द्र देवकोटा, पदमकुमारी देवकोटा, तारा रानाभाट, पार्वती न्यौपाने, रामहरि देवकोटा, रामहरि देवकोटाकी श्रीमती, सुजाता कौडल, दुर्गादेवी देवकोटा, तुलाराम देवकोटा, तुलाराम देवकोटाकी श्रीमती, कृष्णकला देवकोटा, मायादेवी देवकोटा, नानुमाया थापा, रविन्द्र देवकोटाकी आमा, पुरकोट–९ का बाबुराम बुवाकी श्रीमती, शारदा देवकोटा, हरि देवकोटा, बद्रीप्रसाद देवकोटा, मिठुमाया अग्माइन, घनश्याम देवकोटा, घनश्याम देवकोटाकी श्रीमती, सम्झना देवकोटा, सुष्मा न्यौपाने पोखरेल, मायादेवी खड्का, बाबुराम देवकोटा, केदार पण्डित, सरिता अधिकारी पण्डित, मधुमाया पण्डित, कमला पण्डित, नानु थापा, मुरारी खत्री र दिलबहादुर खत्री रहेका छन्। 

नामावली प्रारम्भिक भएकाले यात्रुको वास्तविक संख्या तथा पहिचान उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा थप स्पष्ट हुने प्रहरीले जनाएको छ।  

प्रकाशित: १० भाद्र २०८३ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App