१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोसीमा बाढीपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक सुरु

रसुवाको भोटेकोसी नदीमा आएको ठुलो बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक गृह मन्त्रालयमा सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा बैठक सुरु भएको हो। बैठकमा भोटेकोसीमा आएको बाढीको अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार र सुरक्षा उपायबारे छलफल भइरहेको छ।

भोटेकोसीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको असर मुग्लिनसम्म पर्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले नुवाकोट, धादिङ र चितवनका त्रिशुली नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।

प्रकाशित: १० भाद्र २०८३ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App