स्थानीय बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँ घटेर तीन लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (मंगलबार) सुन प्रतितोला तीन लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने प्रतितोला ७५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ पुगेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: १० भाद्र २०८३ १०:५० बुधबार





