२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

सर्लाहीको बरहथवामा सार्वजनिक बिदा

सर्लाहीको बरहथवामा सार्वजनिक बिदा दिएको छ। एक जना जनप्रतिनिधिको मृत्यु भएपछि नगरपालिकाले बिहीबार मातहतका सम्पूर्ण कार्यालयमा एक दिनको लागि शोकसहित सार्वजनिक बिदा दिएको हो।

बरहतावा नपा वडा नम्बर ९ का वडा सदस्य राधेश्याम महतो कोइरीको निधनमा बरहथवा नगरपालिकाले शोक बिदा दिएको जनाइएको छ।

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिद्धि प्रकाश सिटौलाद्वारा जारी गरिएको विज्ञप्तिमा वडा सदस्य महतोको निधनप्रति सम्वेदना प्रकट गर्दै नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ।

स्थानीय विश्वनाथ महतोका अनुसार लामो समयदेखि मुटुको समस्याका कारण उनको निधन भएको जनाएको छ।

प्रकाशित: १९ भाद्र २०८२ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App