सरकारले नेपाल प्रहरीको रासन स्केल तथा रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ फागुन १ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै भने, ‘मन्त्रिपरिषद् बैठकले २०८२ फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ।’
यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण पनि स्वीकृत गरेको छ। राष्ट्रपति पौडेल नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ को अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन माघ १८ देखि २१ गतेसम्म जापान भ्रमणमा जान लागेका हुन्।
प्रकाशित: १५ माघ २०८२ २१:२१ बिहीबार





