१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

होटेलमा लुकाइएको पेस्तोल पड्किँदा एक जना घाइते

दाङको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन्।

लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको हो। गौतमको अवस्था सामान्य रहेको जनाउँदै उनले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।

यसअघि गत शनिबार लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए।

प्रकाशित: २७ मंसिर २०८२ २१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App