२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सुर्खेतमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक गम्भीर

भेरिगंगा नगरपालिका–१२, पाडुलेमा सोमबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.५ ख ५६०८ नम्बरको खाली ट्रकले छिन्चुबाट सुर्खेततर्फ आउँदै गरेको मोटरसाइकल (लु.प्र.०३००१ प.३६३१) लाई ठक्कर दिएको हो।

दुर्घटनामा परी अन्दाजी २१/२२ वर्षीय एक पुरुषको प्रदेश अस्पताल, सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको पहिचान भने खुलेको छेन्।

मोटरसाइकलमा सवार अर्का व्यक्ति १९ वर्षीय दमन शाही गम्भीर घाइते छन्। उनको माया मेडिकल, छिन्चुमा उपचार भइरहेको छ।

ट्रक, ट्रक चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख पदम खत्रीले बताए।

प्रकाशित: ६ आश्विन २०८२ १६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App