चितवनको भरतपुर महानगरपालिका–१२ स्थित रामवेल सामुदायिक वनमा जंगली गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो साढे तीन बजे कालीमाटी घोल नजिक घाँस–दाउरा काट्न जंगल गएका स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई अचानक जंगली गैँडाले आक्रमण गरेको हो।
आक्रमणबाट गम्भीर घाइते भएका क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २२ पुस २०८२ १३:२१ मंगलबार





