भीरबाट लडेर सिंजा गाउँपालिका- २ मा एक नाबालकको मृत्यु भएको छ । आमाले दाउरा काट्न जानेक्रममा चार महिनाको नाबालक सँगै लिएर गएकी थिइन । आमाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
जुम्लाका डिएसपी रविन बाबू रेग्मीका अनुसार, बुधबार बिहान करिब दुई घण्टा दूरीमा रहेको धोराचौर जंगलमा उर्जा वड (२४) आफ्ना चार महिनाका छोरा चन्द्रमल वडसहित भिरबाट लडेका थिए। दुर्घटनामा नाबालकको घटनास्थलमै मृत्यु भएको छ। भने आमा उर्जा वडको अवस्था गम्भीर छ। उनलाई तत्काल सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको जुम्ला प्रहरीले जनाएको छ।
प्रकाशित: २४ मंसिर २०८२ २१:४६ बुधबार





