२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

मेयर बालेन साहलाई पितृशोक: बुवा रामनारायण साहको निधन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ। उनका बुवा रामनारायण साहको सोमबार मध्यान्ह निधन भएको हो।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई आइतबार बिहान बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो। अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

*यसअघि फोटो फरक पर्न गएकोमा सच्याइएको छ।- डेस्क

प्रकाशित: १५ मंसिर २०८२ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App