२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका बुवा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मध्यान्ह उनको निधन भएको थियो। उनी लामो समयदेखि मधुमेहका बिरामी थिए। पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए।

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई आइतबार बिहान बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको थियो। अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

प्रकाशित: १५ मंसिर २०८२ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App