२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कमल थापाले स्वीकार हार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमल थापाले चुनावी नतिजा आइनसक्दै आफ्नो हार स्वीकार गरेका छन् ।

मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले उनले हार स्वीकार गरेका हुन् ।  

सामाजिक सञ्जालमार्फत आफ्नो हार स्वीकार गर्दै थापाले विजयी उन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेललाई बधाई ज्ञापन गरेका छन् । उनले देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई बधाई तथा शुभकामना समेत दिएका छन् । 

प्रकाशित: २२ फाल्गुन २०८२ १९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App