काठमाडौं क्षेत्र नम्बर-५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी अग्रता बनाएको छ। यहाँ ३२ हजार ४१६ मत गणना हुँदा रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १९ हजार मत कटाएका छन्।
निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार पोखरेलले १९ हजार २२७ मत प्राप्त गरेका छन्। यहाँ नेपाली कांग्रेस र नेकपा (एमाले) का ‘हेभीवेट’ नेताहरू निकै पछाडि परेका छन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेल दोस्रो स्थानमा रहे पनि मतान्तर विशाल छ। पौडेलले ५ हजार ८९५ मत पाएका छन्।
त्यस्तै, एमालेका नेता ईश्वर पोखरेल तेस्रो स्थानमा खुम्चिएका छन्। उनले २ हजार ९३३ मत मात्र ल्याएका छन्।
चौथो स्थानमा रहेका राप्रपाका नेता कमल थापाले १ हजार ११५ मत पाएका छन् भने नेकपाकी उम्मेदवार कल्पना शर्माले ३७४ मत ल्याएकी छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १९:२० शुक्रबार





