२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

पहिरोका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो

कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका वडा नं १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका–८ तल्लाफाँट र रिडी–खर्ज्याङ सडक पनि अवरुद्ध भएको छ।

विगत तीन दिनदेखि गुल्मीसहित आसपास क्षेत्रमा निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ। रासस 

प्रकाशित: २० श्रावण २०८२ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App