२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

इलाम–२ मा मतगणना सुरु, क्षेत्र नम्बर एकको पनि सुरु हुँदै

इलाम क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। बिहान सर्वदलीय बैठक सकिएपछि सवा १ बजेबाट मतगणना सुरु भएको हो।  

क्षेत्र नम्बर २ को मतगणना इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा भइरहेको छ। चुलाचुली गाउँपालिका वडा ६ का ४ मतदान केन्दबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए।  

इलाम क्षेत्र २ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेकामा ६७ हजार ६ सय ४८ मत खसेको छ।  

इलाम क्षेत्र २ मा नेकपा (एमाले)बाट सुहाङ नेम्बाङ, नेपाली कांग्रेसबाट भेषराज आचार्य, नेपाली कम्युनिस्ट पार्टीबाट ओमबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोकुल राईलगायत क्षेत्र दलका १३ सहित १ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।  

इलाम २ मा २०८१ वैशाखमा भएको उपनिर्वाचनमा एमालेका सुहाङ विजयी बनेका थिए।  

 यस्तै, इलाम क्षेत्र नम्बर १ मा पौने २ बजेसम्ममा मतगणना सुरु गर्ने तयारी गरिएको छ। सूर्याेदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा यहाँको मतगणना हुनेछ।  

 क्षेत्र नम्बर १ मा १ लाख १२ हजार ३ सय २० मतदाता रहेकामा ६३ हजार ६ सय ९५ मत खसेको छ। यहाँ एमालेका काजीमान कागते, कांगे्रसका निस्कल राई, नेकपाका रणबहादुर राई, रास्वपाका विमल गदाललगायत १३ दलका उम्मेदवार चुनावी मैदानमा छन्। 

प्रकाशित: २२ फाल्गुन २०८२ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App