२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

फाइल तस्बिर

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो।

पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ। राजमार्ग अवरुद्ध हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरू अहिले बीचबाटोमै रोकिएका छन्।

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले जानकारी गराए। यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो।  

प्रकाशित: २ आश्विन २०८२ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App