१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

काभ्रे बस दुर्घटना: २३ घाइतेमध्ये ८ डिस्चार्ज

रामेछापबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस काभ्रेमा दुर्घटना हुँदा घाइते भएका २३ जनामध्ये ८ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी १५ जनाको धुलिखेल अस्पतालमा उपचार जारी छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मीन बहादुर घलेका अनुसार, रामेछापको दोरम्बाबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको बस आज दिउँसो करिब १२:२० बजे भुम्लु गाउँपालिका–८, पौवामा ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएको थियो।

बसमा सवार ३२ मध्ये घाइते भएका २३ जनालाई तत्काल धुलिखेल अस्पताल लगिएको थियो। डिएसपी घलेका अनुसार, सामान्य तथा मध्यम चोट लागेका ८ जनालाई आजै साँझ ४:२५ बजे अस्पतालले डिस्चार्ज गरेको हो। बाँकी १५ जनाको उपचार भइरहेको छ।

प्रहरीले नियन्त्रणमा लिएका चालकसँग सोधपुछ तथा दुर्घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

उपचारपछि डिस्चार्ज हुनेहरू:

नम्बर सिंह तामाङ, ४४ वर्ष, रामेछाप

राम बहादुर चापागाई, ३० वर्ष, काभ्रे

निर्मला खत्री, ४४ वर्ष, काभ्रे

सरोज रसाईली, २१ वर्ष, काभ्रे

राम गौतम, २६ वर्ष, काभ्रे

प्रकाश गौतम, १७ वर्ष, काभ्रे

दिव्या थापा मगर, १५ वर्ष, रामेछाप

भुवन थापा मगर, २८ वर्ष, रामेछाप

प्रकाशित: ३ श्रावण २०८२ १६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App