९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

एमालेलाई एकढिक्का बनाउने अभियानमा छौँ : सूर्य थापा

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ। 

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ। नयाँ नेतृत्वका लागि सोमबार राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ।  

यसै क्रममा १६७ बढी प्रतिनिधिहरूको उम्मेदवार परेको खुल्ला क्लस्टरमा केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा सूर्य थापा रहेका छन्। उनले नेतृत्व तहबाट जिम्मेवारी बहन गर्नका लागि उम्मेदवारी दिएको जिकिर गरेका छन्। पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्ने गरी आफूले विभिन्न पदमा रहेर भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ।  

पार्टीको नीति निर्माण तथा कार्यान्वयनका काममा समेत क्रियाशील रहँदै आएको र यसैलाई निरन्तरता दिन लागिपरेको उनको भनाइ छ। ‘एमाले पार्टीलाई एकढिक्का बनाउने संकल्प हामीले लिएका छौँ,’ थापाले नागरिकसँग भने, ‘यो व्यक्तिगत होइन समग्र पार्टीलाई एकढिक्का बनाउने अभियानमा हामी छौं।’

संविधान घाइते भएको बेला संविधानलाई लयमा फर्काउनका लागि यो महाधिवेशनले धेरै भूमिका खेल्न सक्ने थापाको जिकिर छ।

प्रकाशित: १ पुस २०८२ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App