स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा रेणु त्वानाबासु चुनिएकी छन् । संघको बुधबार भक्तपुरमा भएको सातौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले त्वानाबासुको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चुनिएको हो । संघको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मणिराम लामिछाने, सचिवमा विकुराम तजले, सहसचिवमा राजन कार्की, कोषाध्यक्षमा प्रेमध्वज मोक्तान र सदस्यहरुमा राजाराम नापित, सुनिल दुवाल चुनिए ।
यसअघि साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले केन्द्रीय अधिवेशन फागुन २४ गते स्थापना दिवसको दिन पारेर नवलपरासीमा हुने जानकारी गराए ।
कार्यक्रममा संघका ललितपुर जिल्ला अध्यक्ष उपेश नौवाग, भक्तपुरका निवर्तमान अध्यक्ष सुरेश सैंजू, पोखराका पूर्व अध्यक्ष कृष्ण रानाभाट, भक्तपुरका सल्लाहकार कृष्ण किसीलगायतले पत्रकार बन्नु त स्वतन्त्र बन्नुः स्वतन्त्र नै हो पत्रकार भन्नु भन्ने मुल नारालाई साथर्कताका साथ लान सकून भनी शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रकाशित: ३० पुस २०८२ १५:५६ बुधबार


-600x400-wm.jpg)


-600x400.jpg)