जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ । भोलि शुक्रबार कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने छ ।
कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
पर्सी शनिबार कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने छ ।
भोलि र पर्सी राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराईमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
प्रकाशित: २८ जेष्ठ २०८३ १९:२० बिहीबार





