१ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

पहिलो पटक ‘छुआमा’ हिमालको सफल पर्वतारोहण

मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलो पटक पर्वतारोहण भएको छ। दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नोभेम्बर २ तारिखमा ६ हजार २१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ।

यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५ हजार ४८० मिटर उचाइको  ‘छुआमा’ आधार शिविर हुँदै चढ्नुपर्ने हुन्छ। दक्षिण कोरियाली पर्यटक डोङजिन, नाम्योङ र ह्निचुलसहित पाँच जना नेपाली पर्यटक गाइडले  ‘छुआमा’ आधार शिविर हुँदै ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।

पहिलो पटक उपल्लो मुस्ताङमा अवस्थित तीन वटा  ‘छुआमा’ शिखरमध्ये  ‘छुआमा’ तेस्रो शिखरको आरोहण गरी कोरियाली टोली त्यहाँबाट लोमान्थाङ फर्किएको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ। नोभेम्बर २ तारिखको बिहान २:०० बजे ‘छुआमा’ आधार शिविरबाट प्रस्थान गरेको पर्वतारोहण टोली १० घण्टापछि छुआमा शिखरमा पुगेको थियो।

यहाँको उपल्लो मुस्ताङबाट पहिलो पटक विदेशी नागरिकले ‘छुआमा’ हिमालको पर्वतारोहण गरेको एक्याप लोमान्थाङले जनाएको छ। यसअघि ‘छुआमा’ हिमाल पर्वतारोहणका लागि अक्टोबर १८ तारिखमा ट्रेकिङ क्याम्प नेपालको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

पहिलो पटक यहाँको  ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरी फर्किएका तीन जना कोरियाली नागरिकसहितको टोलीलाई एक्याप लोमान्थाङले खादा लगाएर सम्मान गरेको छ। पहिलो पटक यहाँ अवस्थित  ‘छुआमा’ हिमालको पर्वतारोहणसँगै माथिल्लो मुस्ताङको पर्यटन प्रवर्द्धन तथा माथिल्लो मुस्ताङको हिमाल पर्वतारोहण प्रवर्द्धनमा ठुलो सहयोग पुर्‍याउने विश्वास गरिएको एक्याप प्रमुख पौडेलले बताए। रासस

प्रकाशित: १९ कार्तिक २०८२ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App