२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

मार्तडीमा आगलागी, करोडौँको क्षति

जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ। आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ।

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।

पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो।

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए। क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए। 

प्रकाशित: १६ मंसिर २०८२ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App