१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

बडादशैँ र तिहार लगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ।

विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्न लागिएको हो। कम्पनीका अनुसार वर्ष चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गरिने बताए। उनका अनुसार खाद्यान्न र चिनीमा प्रतिकेजी ५ रूपैयाँ छुट दिइनेछ भने तेलमा प्रतिलिटरसात रूपैयाँ छुट दिइनेछ। 

प्रकाशित: २७ भाद्र २०८२ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App