नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालनमा आएका छन् ।
काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरसहित मुलुकभरका प्रमुख सहरहरूमा सहुलियत पसल सुरु भएको हो ।
मुलुकको विषम परिस्थितिलाई ध्यानमा राखेर खाद्य कम्पनीले बिना तामझाम बिक्री वितरण सुरु गरेको जनाएको छ ।
कात्तिक १० गतेसम्मका सञ्चालन हुने सहुलियत पसल बिहान १० देखि अपराह्न पाँच बजेसम्म खुल्नेछ ।
प्रकाशित: ३० भाद्र २०८२ १२:३७ सोमबार





