नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्, “चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन।”
उनी तीन दिने भ्रमणमा लोमान्थाङ पुगेकाे, टोलीमा पाँच चिनियाँ रहेका र आज लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका हुन्।
लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमण अर्थपूर्ण मानिएको छ।
रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोड रुपैयाँको हाराहारीमा राजस्व सङ्कलन गर्दै आएको थियो।
प्रकाशित: १८ आश्विन २०८३ १२:२६ आइतबार


_-600x400.jpg)


