१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।  

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले आज सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रुपमा सदस्य सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको पनि उहाँले बताउनुभयो । कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।

प्रकाशित: २९ मंसिर २०८२ २२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App