बाँके क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले फराकिलो अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार सुनारले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पारेका हुन्।
सुनारले १ हजार ३ सय ६३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले ५ सय ९६ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ७ सय ६७ रहेको छ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन ४ सय २ मतसहित तेस्रो स्थानमा छन्। अन्य तर्फ ‘हलो’ चिह्नमा ७२ मत खसेको छ भने दीपक जिएम (तारा) ले ४८ मत प्राप्त गरेका छन्।
‘माटो’ चिह्नमा ८ मत मात्र प्राप्त भएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०६:०२ शुक्रबार





