काठमाडौं क्षेत्र नम्बर-८ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई निकै फराकिलो मतान्तरले पछि पारेका छन्।
बिहान ५ बजेसम्मको अद्यावधिक विवरण अनुसार, गणना भएको ९ हजार २ सय १२ मतमध्ये श्रेष्ठले बहुमत मत प्राप्त गरेका छन्।
सार्वजनिक विवरण अनुसार ‘घन्टी’ चिह्नका उम्मेदवार श्रेष्ठले ६ हजार १ सय २७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सपना राजभण्डारीले ७ सय ३६ मत मात्र प्राप्त गरेकी छन्। श्रेष्ठ र राजभण्डारीबीचको मतान्तर ५ हजारभन्दा बढी रहेको छ।
यस्तै, सुमन सायमी ५ सय ६५ मतसहित तेस्रो स्थानमा छन्। नेकपा एमालेका उम्मेदवार राजेश शाक्य भने ४ सय ३३ मत ल्याएर चौथो स्थानमा खुम्चिएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०५:३० शुक्रबार





