२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

वीरगञ्जमा स्थिति नियन्त्रण बाहिर गएपछि सेना परिचालन, कर्फ्यु जारी

वीरगञ्ज महानगरपालिकामा कर्फ्यु जारी भएको छ। आइतबार साँझ वीरगञ्ज महानगर वडा नम्बर ११ श्रीपुरमा गाडी पार्किङको विषयमा दुई समुदायबिच झडप हुँदा केही समयका लागि अवस्था तनावग्रस्त बनेको थियो।

दुवै पक्ष झडपमा उत्रिए स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरेर भिड तितरबितर पारेको थियो।

सोमबार बिहानैदेखि नारा जुलुस हुन थालेपछि स्थानीय प्रशासनले बिहान ९:४५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीयलाई आ–आफ्नो घरभित्र बस्न आग्रह गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना विभिन्न स्थानमा परिचालन गरिएको पर्साका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताएका छन्।

सर्वसाधारणलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न समेत पर्सा प्रशासनले अपिल गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App