वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसद्को प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो।
संसद्मा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए। विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसद्ले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको उनको भनाइ थियो।
विधेयकमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले समेत नविन अवधारणा भन्दै विधेयकको प्रशंसा गर्दै सरकारलाई धन्यवाद दिए।
संसद्को अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिसभामा पेश गरिएको थियो। वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ।
प्रकाशित: ६ भाद्र २०८२ १७:०६ शुक्रबार





