अविरल वर्षा र खराब मौसमका कारण बुद्ध एयरले आज (शनिबार) का सबै उडान रद्द गरेको छ। एयरलाइन्सले जारी गरेको सूचनामा मौसममा सुधार नआएकाले सम्पूर्ण उडान स्थगित गरिएको जनाइएको छ।
बुद्ध एयरले यात्रुहरूलाई असुविधा नहोस् भनेर उडान पुनःसमायोजन (रिसेड्युल) वा रकम फिर्ता (रिफण्ड) प्रक्रिया सहज बनाउन आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा कल सेन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
अविरल वर्षाका कारण देशभर जनजीवन प्रभावित बनेको छ भने विभिन्न राजमार्गहरूमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। मौसममा सुधार आएपछि मात्र उडान सञ्चालन हुने बुद्ध एयरले जनाएको छ।
प्रकाशित: १८ आश्विन २०८२ १७:०७ शनिबार





