रौतहट–४ मा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीको गढ मानिएको चन्द्रपुर नगरपालिका–१ बागमती मावि मतदान केन्द्रको मत गन्दा रास्वपाका उम्मेदवार गणेश पौडेल अगाडि देखिएका छन्।
पौडेलले २ हजार २०५ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्। उनलाई पछ्याँइरहेका नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना १ हजार ५१३ मतले पछाडि छन्। तिमल्सिनाले ६ सय ९२ मत ल्याएका छन्।
यस्तै, नेकपाका उम्मेदवार राम कुमार भट्टराईले ६ सय ३६ मत प्राप्त गर्दा एमालेका रामजी साहले १ सय २२ मत प्राप्त गरेका छन्।
अहिले सम्म रौतहटको गढिमाइ नपाको वडा नम्बर ९ को प्रावि इनरवा, धरमसाला भवन र वडा नम्बर १ को शङकर गुदर माविको मत गणना सम्पन्न भएको बुझिएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०९:४९ शुक्रबार





