२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पानीमा रुझ्दै, प्लास्टिक ओढेरै बालेनविरुद्ध खनिए कवाड व्यवसायी

तस्बिर: विजय राई/नागरिक

काठमाडौं महानगरपालिका र मेयर बालेन शाहविरुद्ध कवाड व्यवसायीहरूले पानीमा रुझ्दै प्रदर्शन गरिरेका छन्।

बिहीबार बिहानैदेखि परेको झरीको समेत पर्वाह नगरी उनीहरूले प्लास्टिक ओढेर महानगर कार्यालय घेराउ गर्दै नाराबाजी चर्काएका हुन्।

कवाड व्यवसायी संघर्ष समिति नेपालको आयोजनामा उनीहरूको यो प्रदर्शन चाैथो दिन पनि जारी रह्यो। व्यवसायीहरू भृकुटीमण्डपमा भेला भई र्‍यालीसहित कमलादीस्थित महानगरको कार्यालय पुगेका थिए।

उनीहरूले महानगरले विगत दुई वर्षदेखि आफूहरूमाथि अन्यायपूर्ण ज्यादती गरेको भन्दै प्रदर्शन जारी राखेका हुन्।

प्रदर्शनकारीहरूले महानगरपालिकाले बिनाकारण कुटपिट गर्ने, सामान जफत गर्ने र कवाड संकलन केन्द्रका संरचना भत्काउने जस्ता कार्य गर्दै आएको आरोप लगाएका छन्।

महानगरको यस्तो कदमले आफ्नो व्यवसाय र जीवनयापन नै संकटमा परेको उनीहरूको गुनासो छ। झरीमा समेत आफ्नो प्रदर्शन नरोकेर उनीहरूले महानगरको ध्यानाकर्षण गराउने प्रयास गरेका छन्।

हेराैं तस्बिरहरु। सबै तस्बिर: विजय राई/नागरिक

प्रकाशित: १२ भाद्र २०८२ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App