२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

नेपाली नक्कली नोटसहित एक युवक पक्राउ

सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको फेनहाराबाट नक्कली नेपाली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सर्लाही प्रहरीले दिएको जानकारी अनुसार विष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोष्टमा इलाका प्रहरी कार्यालय फेनहाराबाट खटिएका प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अनटेष्ट स्टिमर एक्स मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटसाइकल चालक कौडेना गापा–५ छपकैयाका ३० वर्षीय फिरोज खानको पछाडिको गोजीबाट नक्कली नेपाली नोट बरामद भएको छ।

खानको गोजीबाट एक हजार दरको ९५ थान नक्कली नेपाली नोट फेला परेपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए।

प्रकाशित: २५ मंसिर २०८२ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App