३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रोल्पाका ग्रामिण सडक अझै खुल्न सकेनन्

फाइल तस्बिर।

रोल्पाका ग्रामिण भेगका सडक अझै खुल्न सकेका छैनन्। वर्षायाम् सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक खुलेका छैनन्। सडकको माथी र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिड्डुल गर्न समस्या भएको छ।

पहिरोका कारण हिड्डुल गर्न समस्या भएको रोल्पा नगरपालिका–९का दलबहादुर खत्रीले बताए। 'वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ', खत्रीले भने। पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाइ भएको बताइएको छ।

सडकमा पहिरो खसेकाले दशैं मनाउन घर जाँदा सारै सास्ती भोग्नुपरेको परिवर्तन गाउँपालिकाका लोकेन्द्र चन्दले दुखेसो पोखे। 'धेरैजसो ठाउँमा सडक अवरुद्ध छ सबै हिडेर जानुपर्ने बाध्यता छ', चन्दले भने।

जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भएतापनि मापदण्ड विपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध भएका हुन्। सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु भएपनि सवारी चलाउन मुस्कील भएको यातायात व्यवसायीले गुनासो गरेका छन्।

मापदण्ड विपरीतका सडक खन्दा वर्षायाममा बाढी पहिरो जाने गरेको स्थानीयको भनाइ रहेको छ। वर्षा सकिएर चाडबाडको समय सुरु भएपनि गाउँँगाउँँ पुग्ने सडक नखुल्दा स्थानीयले सास्ती खेप्नुपरेको छ।

रोल्पाको सदरमुकाम लिवाङदेखि सहिद मार्ग हुँदै थवाङ जाने सडक खण्ड र सनिलस्मृति गाउँपालिकाको सुलिचौर हुँदै सुनछहरी गाउँपालिका जाने सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। एक नगरपालिका र नौ गाउँँपालिका रहेको रोल्पामा ७२ वडा रहेका छन्।

प्रकाशित: १ कार्तिक २०७९ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App