२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भोजपुरमा ८८ प्रतिशत रोपाइँ

पूर्वीपहाडी जिल्ला भोजपुरमा ८८ प्रतिशत रोपाइँ सकिएको छ। जिल्लाको कूल खेतीयोग्य जमिन ६२ हजार २ सय ९९ हेक्टर रहेको छ। कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगका अनुसार भोजपुरमा धान लगाउने क्षेत्रफल १८ हजार ९२ रहेको छ।

जसमा १५ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। भोजपुरको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मूलपानीलगायत ठाउँलाई धानका लागि पकेट क्षेत्र मानिएको छ। प्रदेश १ मा भने हालसम्म करिब ८९ प्रतिशत धान रोपाइँ भएको छ।

आठ लाख २६ हजार छ सय ४६ कूल खेतीयोग्य जमिन प्रदेश १ मा छ। धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार आठ सय २९ मध्ये तीन लाख एक हजार चार सय १९ हेक्टर क्षेत्रफलमा अहिलेसम्म रोपाइँ भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगले जनाएको छ। रासस 

प्रकाशित: १७ भाद्र २०७९ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App