९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सरकार, संसद् र संयन्त्रलाई जिम्मेवार बन्न कांग्रेस शिक्षा समितिको आग्रह

सरकार, संसद् र संयन्त्रलाई जिम्मेवार बन्न नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले आग्रह गरेको छ।

शुक्रबार शिक्षा विभाग प्रमुख नैनसिंह महरले एक विज्ञप्ति जारी गर्दै सरकार, संसद् र संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरेका हुन्।

सरकार उचित ढंगले जिम्मेवार भएर प्रस्तुत हुन नसक्दा शिक्षकहरूले २३ दिनदेखि सञ्चालन गरेको राजधानी केन्द्रित आन्दोलन गरिरहेको र यसले करिब ७० लाख बालबालिकाको पढाइ प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।

संघीय सरकार, संसद् र सांसदहरूले कानुन निर्माण गर्ने आफ्नो पदीय दायित्व र जिम्मेवारी बोध नगरी व्यक्तिगत र पार्टीगत स्वार्थमा रुमलिँदा कानुन निर्माणले गति नलिएको पनि विज्ञप्तिमा उल्लेख छ।

'नेपालको संविधान २०७२ जारी हुँदा संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन ३ वर्षभित्र निर्माण गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर, संविधान जारी भएको १० वर्ष भइसक्दा पनि संसद्को गैर जिम्मेवारीले करिब ३ सय कानुन बन्न नसकेको अवस्था छ। जसका कारण कानुनी राज्यको अवधारणाको समेत खिल्ली उडाएको छ', विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: १२ वैशाख २०८२ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App