७ वैशाख २०८१ शुक्रबार
समाज

चितवनमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

फाइल तस्बिर

चितवनमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एक  जनाको मृत्यु भएको छ। 

हिजो राती सवा आठ बजे भरतपुर महानगरपालिका २९  स्थित मुग्लिङ नारायणगढ सडक खण्डको जुगेडीमा  भरतपुरबाट मुग्लिङ तर्फ  जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले ठक्कर दिँदा घटना स्थलमै  एक युवकको मृत्यु भएको हो। मृतक युवकको अझै परिचय खुलेको छैन। पुरुष  २४र २५ वर्ष उमेर जस्तो देखिएको प्रहरीले जनाएको छ।  

ठक्कर दिने सवारी  साधन र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ। शब पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।

प्रकाशित: २६ श्रावण २०७९ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App