२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

आचारसंहिताभित्र रहेर काम गर्न आग्रह

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारलाई आचारसंहिताभित्र रहेर काम गर्न आग्रह गरेका छन्। कतिपय पत्रकारको समाचार आचारसंहिताभन्दा बाहिर रहेर प्रसारण र प्रकाशित हुने गरेको बताउँदै अब आचारसंहिताभित्र रहेर काम गर्न उनले आग्रह गरे।

‘आचारसंहिता पालना गरेर पत्रकारिता गर्दा कसैले पनि पत्रकारप्रति गलत दृष्टिकोणले हुँदैन’, अध्यक्ष पोखरेलले आइतबार इटहरीबाट प्रसारण हुने विराट टेलिभिजनले आयोजना गरेको १५ दिने टेलिभिजन पत्रकारिता तालिममा भने।

साथै न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्काले पनि पत्रकारहरूको नियमभित्र रहेर पत्रकारिता गर्न आग्रह गरिन्। महासंघका अध्यक्ष पोखरेल र पारिश्रमिक निर्धारण समितिको अध्यक्ष खड्कालाई विराट् टेलिभिजनका तर्फबाट सम्मान गरियो।

प्रकाशित: ३० जेष्ठ २०७९ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App