२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

कल्पना कदम पुरस्कार २०७९ बाट सम्मानित

ललितपुरकी कल्पना महर्जन कदम पुरस्कार २०७९ बाट सम्मानित भएकी छिन्। जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न कार्यक्रममा कीर्तिमानी सगरमाथा आरोही महर्जन सम्मानित भएकी हुन्।

घरगृहस्थी, पर्यटन पत्रकारितादेखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तरास्ट्रियस्तरमा पुर्‍याउन सफल महर्जनको सफल कदमप्रतिको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिएको कार्यक्रममा बताइयो। पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंहले महर्जनलाई दोसल्ला ओढाइ, ताम्र–सम्मानपत्र र २५ हजार रुपैयाँ नगदसहित उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।

कार्यक्रममा सिंहले नेपाली समाजको बिकासमा महिलाको इच्छाशक्ति सबल रहेमा पत्रकारिता, साहसिक पर्यटनलगायत अन्य क्षेत्रमा पनि पुरुषभन्दा बढी गुणस्तरीय कार्यमा प्रेरणा बन्न सक्छिन् भन्ने उदाहरण कल्पना महर्जन बनेको बताए। सम्मान ग्रहण गर्दै कीर्तिमानी कल्पनाले पर्यटन पत्रकारिता दौरान संस्कृतिविद जोशीको सामिप्यता आभास पाएको बताउँदै सगरमाथा आरोहणको आँट गर्दादेखि नै हरिराम बा हर्षित भएको बताइन्।

आफूले हासिल गरेको सफलताको कडीमा परिवार, अग्रजहरुको आशिर्वादसँगै दोस्रो पटकको आरोहण प्रयासदेखि हालसम्म गतिविधिमा व्यवस्थापन एक्स्पिरियन्स आउटडोरका अध्यक्ष रविन्द्र महर्जनलगायत सबै सहयोगीप्रति उनले आभार व्यक्त गरिन्। कार्यक्रममा बालविवाह रोकथामको लक्ष्य अभियानसमेत संक्षिप्तमा समेटिएको उनको कथाबारे डक्युमेन्ट्री पनि सो कार्यक्रम प्रदर्शन गरिएको थियो।

प्रकाशित: २३ वैशाख २०७९ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App