३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली डाक्टर पक्राउ

मोरङको छुट्टा-छुट्टै स्थानबाट क्लिनिक सञ्चालन गरेका २ जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–१ स्थित फिलिम हल लाइनमा श्री राम पाइल्स क्लिनिक सञ्चालन गरेका २७ वर्षीय पर्सनजित बर्मनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

भारत पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला रानिगञ्ज पानसाली पञ्चायत घर भई पथरीशनिश्चेमा पाइल्सको उपचार गर्ने भनेर क्लिनिक सञ्चालन गर्दै आएका बर्मन नक्कली डाक्टर भएको खुलेपछि पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

त्यस्तै, सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका २९ वर्षीय सनोड मण्डल पक्राउ परेका छन्। उनको पनि स्थायी घर पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला देवीगञ्ज ग्रामपञ्चायतमा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनाले आफूहरु आर्वेदिक डाक्टर भएको बताउँदै बिरामीको उपचार गर्दै ठगी गरेको र स्वास्थ्यमा समेत खेलवाड गरेको आरोपमा पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए। शैक्षिक योग्यता नभएको र नेपाल मेडिकल काउन्सिलबाट समेत इजाजतपत्र प्राप्त नगरी कानुन विपरीत आफूलाई डाक्टर हुँ भनेर क्लिनिक सञ्चालन गर्दै आएका दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

‘मेडिकल काउन्सिलको लाइसन्स र शैक्षिक योग्यता बिना नै क्लिनिक सञ्चालन गरेको पायौं,’ डिएसपी श्रेष्ठले भने, ‘उनीहरुले आफू डाक्टर भएको बताएर उपचारका नाममा ठगी गर्दै आएको खुलेको छ।’ पक्राउ परेका दुबै जनालाई इलाज सम्बन्धी कसुरमा अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०७९ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App