‘दिनभर पानी पनि खानु हुँदैन। यतिसम्म कि मुखमा भएको थुकसमेत निल्नु हुँदैन। थुक आइहाल्यो भने थुक्नुपर्छ,' उनले भने, ‘दुई पटक खानामा स्वास्थ्यवर्द्धक जुनसुकै खाना खाए पनि हुन्छ।'
सामान्य दिनमा समेत इस्लाम धर्मावलम्बीले दिनको पा“च पटक नमाज पढ्छन् भने रमदानको महिनामा हरेक दिन सा“झ ९ बजे विशेष नमाज पढिन्छ। त्यसमा इस्लामिक धर्मगुरुले धर्मग्रन्थ ‘कुरान' नहेरीकनै अनुयायीलाई पढेर सुनाउ“छन्। विशेष नमाजलाई ‘तरावी' भनिन्छ। विशेष नमाजसहित हरेक दिन पा“च पटक नमाज पढ्नुपर्छ।
बिहान ३:P३५ मा खाना खाएबित्तिकै मस्जिदबाट नवाजका लागि बोलावट आउँछ जसलाई अजान भनिन्छ। यसैगरी राति नौ बजेसम्म गरी पा“च पटक नमाज पढिन्छ।
इस्लामिक धर्मावलम्बीले अल्लाहको आदेश मानेर व्रत बस्ने गर्छन्। रमदान इस्लामिक क्यालेन्डरको नवौं महिना हो। यो महिना भोलिदेखि सुरु हुँदैछ। यो महिना २९ र ३० दिनमध्ये एउटा हुनसक्छ। ‘२९ औं र ३० औं कुन दिन चन्द्रमा देखिन्छ, त्यही दिनसम्म रमदान हुन्छ। चन्द्रमा देखिएको अर्को दिन १० औं महिनाको पहिलो तारिख हुन्छ। यो दिनदेखि मुस्लिम पर्व इद सुरु हुन्छ,' आलमले भने।
उनका अनुसार व्रत बस्ने मात्र नभई रमदानमा गरिब–गुरुवालाई आर्थिक सहयोग पनि गरिन्छ। ‘धनीमानीले आफूले कमाएर बचेको केही हिस्सा गरिबलाई दानदक्षिणा पनि दिनुपर्छ,' आलमले भने। उनका अनुसार हरेक व्यक्तिले कमाइबाट बचेको साढे दुई प्रतिशत रकम गरिबलाई दान गर्नुपर्छ। यसरी दानका लागि छुट्ट्याइएको रकमलाई जकात भनिन्छ।
‘यो व्रत वैज्ञानिक र सामाजिक दृष्टिले पनि त्यत्तिकै महत्वपूर्ण छ,' आलमले भने। उनका अनुसार ११ महिनाको दैनिक खानपिनले बिग्रिएको पाचनप्रणालीले एक महिना भए पनि फुर्सद पाउ“छ। स्वास्थ्यलाई फाइदा पुग्छ। यसैगरी चुरोट, बिँडी र सुर्ती जस्ता स्वास्थ्यका लागि हानिकारक अम्मल छोड्ने मौका पनि हो। दानदक्षिणा दिँदा गरिबहरुलाई राहत हुन्छ। सामाजिक सेवाको भावना पनि बढ्छ।
‘दसौं महिनाको पहिलो तारिखबाट हाम्रो महान् पर्व इद सुरु हुन्छ,' आलमले भने। उनका अनुसार इद तीन किसिमले मनाइन्छ। कसैले पहिलो तारिख मात्र मनाउ“छन् त कसैले तीन दिन त केहीले महिनाभरि नै मनाउ“छन्। ‘सामान्यतया तीन दिन भव्यस“ग मनाउने चलन छ,' आलमले भने।
यसैबीच केन्द्रीय हज कमिटीका अध्यक्ष ताज मोहम्मद मियाले विज्ञप्ति जारी गर्दै व्रत रमदानले नेपाली समुदायबीच एकता, भाइचारा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता अझ बढी प्रगाढ बनाओस् भन्दै शुभकामना दिएका छन्। ‘भूकम्पले ल्याएको विपत्तिमा सम्पूर्ण मुस्लिम समुदाय एक भएर सामना गर्न र विपत्तिमा परेकालाई सक्दो सहयोग गर्न आग्रह गर्दछौं,' मियाले भनेका छन्।
प्रकाशित: ३ असार २०७२ २१:१० बिहीबार





