१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दसगजा क्षेत्रबाट हट्यो एसएसबीको पोस्ट

नेपाल–भारतको सीमा क्षेत्रमा रहेको दसगजा क्षेत्रबाट भारतीय सीमा सुरक्षा फौज (एसएसबी)ले आफ्नो पोस्ट हटाएको छ।  

एसएसबीले विराटनगर महानगरपालिका–१६ दरैया बस्ती र भारत जोगबनी नगरको टिकुलिया बस्तीबीचको दसगजा क्षेत्रमा आफ्नो सुरक्षा पोस्ट निर्माण गरे। करिब एक महिना अघि एसएसबीले एकतर्फी रुपमा पोस्ट निर्माण गर्दै त्यहाँबाट आफ्नो गतिविधि गर्न थालेको थियो। हतियारसहित २४ घण्टा तैनाथीमा रहेका एसएसबीले अन्तर्राष्ट्रिय सीमा सम्बन्धि कानुन विपरीत पोस्ट निर्माण गरेपछि नेपालतर्फ त्यसको विरोध भयो।

जिल्ला सुरक्षा समिति मोरङको बैठकमा एसएसबीले दसगजामा आफ्नो सुरक्षा पोस्ट एकतर्फी रुपमा निर्माण गरेको विषयमा कुरा उठ्यो। बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सशस्त्र प्रहरीका उच्च अधिकारीलाई भारतीय सीमा सुरक्षा फौजसँग समन्वय गरी तत्काल पोस्ट हटाउन निर्देशन दिए।  

सशस्त्र प्रहरीले एसएसबीसँग छलफल गरी पोस्ट हटाउने सहमतिअनुसार दसगजा क्षेत्रबाट पोस्ट हटाएको छ। एसएसबीले बनाएको पोस्ट आफ्नै भूमिमा सारेको छ। प्रजिअ दाहालले सशस्त्रको आग्रहपछि लगभग एक महिनाअघि निर्माण गरिएको पोस्ट दसगजाबाट हटाउँदै एसएसबीले आफ्नै भूमिमा लगिसकेको बताए।

प्रकाशित: १० माघ २०७८ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App