१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतबाट ल्याएको १६० बोरा चिनी बरामद

खुल्ला सिमानाका कारण भारतबाट अवैध रुपमा ल्याएको १६० बोरा चिनी सुनसरी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले कोशी गाउँपालिका वडा नं. १ लौकही बजारको भित्री सडक खण्डमा को १ ख ५२१५ नम्वरको मिनी ट्रकबाट चिनी बरामद गरेको हो।

भारतीय बजारबाट भन्सार छली गरी ल्याएर राखिएको चिनी लोड गर्दै गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले बरामद गरेको चिनी र  ट्रक भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजको जिम्मा लगाएको छ।

सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट खाद्यान्नलगायतका अन्य घरायसी सामग्री सहजै रुपमा भित्रिने गरेको छ। सुनसरीको सीमावर्ती क्षेत्र श्रीपुर, हरिपुर, साहेवगन्ज, बसन्तपुर, घुस्की, कप्तानगन्ज र अमडुवा क्षेत्रबाट अवैध रुपमा सामान भित्र्याउने गरिन्छ। 

प्रकाशित: १२ आश्विन २०७८ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App