coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भयावह बन्दै आत्महत्या: मानसिक स्वास्थ्यमा सबै मौन

सचेतना कार्यक्रम गर्दै रोल्पा प्रहरी। तस्बिर: नागरिक

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार रोल्पामा प्रत्येक ४ दिनमा एक जनाले आत्महत्या गर्ने गर्दछन्। आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको संख्या ८१ रहेको छ जसमध्ये महिला ३७ र पुरुष ४४ जना छन्। जसमध्य ५७ जनाले झुण्डी आत्महत्या गरेका थिए भने २४ जनाले विषादी सेवन गरेर आत्महत्या गरे।

मानसिक तनाव, अभाव, अज्ञानता, डिप्रेसन, लैङ्गीक हिंसा लगायतका कारणले हुने आत्महत्या बढि रहँँदा तीनै तहका सरकारहरुका अंगहरु मौन छन्। रोल्पामा अधिकार सहितको बजेट सक्ने स्थानिय सरकाहरु मानसिक स्वास्थ्यका विषयमा कहिल्यै छलफल समेत गर्ने गर्दैनन्। बिकास भनेको सडक हो भन्ने बुझेका जनप्रतिनिधिहरु स्वास्थ्यका बिषयमा चासो राख्ने गर्दैनन्।  

आत्महत्या रोकथामका लागि सरकारी स्तरबाट सचेतना कार्यक्रमलाई तिब्रता दिनु पर्ने, हरेक वडामा एकजना मनोबिमर्शकर्ता राख्नु पर्ने चिकित्सकहरु बताउछन्। रोल्पा अस्पतालका डा.आधार वली आत्महत्याको मुख्य कारण मानसिक समस्या नै भएको बताउछन्। ‘पछिल्लो समय बच्चाले समेत आत्महत्या गर्न थालेका छन्।’ डा. वलीका अनुसार मानसिक समस्या वा देखासिकिले पनि आत्महत्यामा प्रोत्साहन गरेको छ। ‘जिल्लामा मानसिक रोग बिषशेज्ञ नभएका कारण कहिले कसो सिबिर संचालन गरेमा राम्रो हुने थियो।’

मानसिक स्वास्थ्य पनि समस्या हो भन्ने बुझाई नभएका कारण पनि समाधान हुने गरेको छैन। राष्ट्रिय मानसिक स्वास्थ्य रणनिति तथा कार्ययोजना, २०७७ ले मानसिक स्वास्थ्यलाई सबैको सहज, सुलभ र समान पँहचकोको लागि पाचँ वर्षको कार्ययोजना बनाएको छ। जसमा आत्महत्या रोकथामको लागि पनि  कार्ययोजना समावेश गरिएको छ। नेपालमा कूल नसर्ने रोगहरूको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजा अनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोर किशोरीहरूमा मानसिक स्वास्थ्य समास्या देखिएको छ। नेपालमा प्रजनन् उमेर समुहका महिलाहरुको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको छ। यसले नेपालमा महिलाको मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै भयावह रहेको देखाउँछ।

पछिल्लो समय जिल्लामा आत्महत्याको दर बढ्न थाले पछि रोल्पा प्रहरीले आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्न थालेको छ। यसै बिच जिल्ला प्रहरी कार्यालयले सदरमुकाम स्थीत बाल कल्याण नमुना माध्यमीक बिद्यालयमा ५ दर्जन बढि बिद्यार्थिलाई सहभागी गराई सचेतना कार्यक्रम संचालन गरेको हो।

प्रहरी निरीक्षक संन्तोष केसिले कार्यक्रममा श्रव्यदृश्य विधीबाट सहजिकरण गरेका थिए। जिल्लामा घट्ने घटनाहरु नजिकबाट हेरेका रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी पनि आत्महत्याको मुख्य कारण मानसिक समस्या नै भएको बताउछन्। ‘अत्याधिक मादक पदार्थ सेबनले पनि आत्महत्या बढाएको छ।’ आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम जिल्ला भरि संचालन गर्न थालिएको उनले बताए।

प्रकाशित: १२ आश्विन २०७८ ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App