coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादी पक्राउ

पक्राउ परेका यमबहादुर राना मगर।

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउपर्नेमा साविकको खरी गाविस वडा नं ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन्।  

राना मगरले जिल्लाको साविकको खरी गाविस वडा नं ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी २०६१ सालकात्तिक १२ गते मारेका थिए।  

उक्त घटनामा संलग्न यमबहादुरराना मगरलाई सम्मानित धादिङ जिल्लाअदालतबाट २०७७मंसिर १० मा जन्मकैद सजाय हुने फैसला भएको थियो। निजले १९ वर्ष ७महिना ६ दिन कैद भुक्तानी गर्न बाँकी रहेकोले प्रहरीले खोजी गरेको थियो।  

जिल्लाप्रहरी कार्यालय धादिङ मातहतप्रहरी चौकी साँध भन्ज्याङबाट खटिएको प्रहरी टोलीले विहिबार खरीबाट पक्राउ गरेको हो। पक्राउ गरिएकोलाई फैसला कार्यान्वयनका लागि सम्मानित धादिङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए।

प्रकाशित: १८ भाद्र २०७८ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App