coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाइ

प्रसिद्ध धार्मिक तीर्थस्थल सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाइ गरिएको छ। बाँकेको नरैनापुरमा रहेको उक्त मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटकको संख्या पछिल्लो समयमा एक्कासी बढेको छ। नेपालगन्जबाट पुर्वी–दक्षिणमा पर्ने उक्त मन्दिर पहाडको चुचुरोमा अवस्थित छ।

मन्दिर दर्शन गर्न जाने पर्यटकले प्लाष्टिकजन्य फोहोर फ्याक्दा मन्दिर क्षेत्र दुर्गन्धित बन्न पुगेको थियो। नमुना युवा क्लब नरैनापुरको अगुवाईमा मन्दिर क्षेत्रको सरसफाइ गरिएको हो।  

सन्तानेश्वरको प्रवेशद्वारदेखि मन्दिर परिसरसम्मको क्षेत्रमा सरसफाइ गरिएको क्लबको अगुवाई गरेका स्थानीय युवा अरुण यादवले बताए। ‘प्रवेशद्वारदेखि पहाडको चुचुरोमा मन्दिर परिसरसम्म सरसफाइ गरेका छौं,’ उनले भने ‘चर्चित धार्मिक क्षेत्रमा फोहोर हुन नदिन र सरसफाई गर्न हामी सदैव तयार हुनेछौं।’  

धार्मिक पर्यटकको संख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाले त्यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ। गोरेटो बाटो र अग्लो पहाड भएका कारण धार्मिक पर्यटकहरु मन्दिरसम्म सहज रुपमा पुग्न कठिनाई छ। तरपनि मन्दिर दर्शन गर्नका लागि मानिसहरु नियमित रुपमा पुग्ने गरेको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साह बताउँछन्।

गाउँपालिकाले उक्त क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न चाहेको उनको भनाइ छ। ‘यो ठाउँलाई गाउँपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चाहेको छ,’ उनले भने ‘हाम्रो आन्तरिक बजेटले भ्याएसम्म हामी विकास गर्छौ, हाम्रो बजेटले नभ्याए प्रदेश र केन्द्रलाई पनि आग्रह गर्नेछौं।’

प्रकाशित: २९ श्रावण २०७८ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App