२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घरेलु मदिरा सेवनबाट एकै गाउँका ४ जनाको मृत्यु

फेरी दुख्यो रोल्पा

चरम गरिबि र बेरोजगारी छल्न रोल्पाबाट बाग्लुङ पुगेका एकै गाउँका चार जनाको बिशाक्त मदिरा सेवनबाट मृत्यु भएपछि गजुल गाउँ सोकमा डुबेको छ। रोल्पाबाट मजदुरी गर्न बाग्लुङ पुगेका ४ जनाको घरेलु मदिरा खादा मृत्यु भएको प्रहरीले बताएको छ। गल्कोट ७, मल्ममा रहेको खानेपानी योजनाको काममा त्यहा पुगेका सुनिलस्मृती गाउँपालिका ५ गजुलका एकै गाउँका ४ जनाको मध्यराती मृत्यु भएको हो।  

स्थानिय भद्रबहादुर थापाको मिलन किराना पलल चाउचाउ, बिस्कुट र दालमोट संग रक्सी खाएको एकछिन पछि बिरामी परेका रोल्पा सुनिलस्मृती ५, गजुलका २१ वर्षीय दिपेन्द्र पुन, ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेगबहादुर राना र ३० वर्षीय प्रबिण घर्ती रहेका छन्। २६ वर्षीय रबिन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती जना गम्भिर अवस्थामा छन्। बाँकीको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।  

रक्सी खाएका सबै बिरामी भए पछि उनिहरु मध्य दुईजनाको घटनास्थलमा र बाँकी दुईजनाको नजिकैको निजि क्लिनिक पुर्‍याईएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी डिएसपि ईकवाल हवारीले बताए। अहिले मृतकको शब र घाईतेहरुलाई धौलागिरि अस्पतालमा राखिएको छ। मृतकको शव अस्पतालमा राखिएको बताउने बाग्लुङ प्रहरीले अनुसन्धान भईरहेको बतायो।

अबैध रक्सी बिक्रि गर्ने भद्रबहादुर थापालगायत दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बाग्लुङ प्रहरीले बताएको छ। रोल्पा प्रहरी प्रमुख नरेश राज सुवेदीले मृतकका आफन्तसंग घटनाका बारेमा समन्वय भईरहेको बताए। उनका अनुसार मृतक र घाईतेका आफन्तलाई बाग्लुङ पठाउनका लागि समन्वय भईरहेको छ।

सोमबार रातिको घटनालाई हेर्दा बाग्लुङमा अवैध मदिराको बिक्री वितरण भईरहेको पुष्टि भएको छ। स्थानीय प्रसासनले कोरोना कहर भन्दै अनुगमनमा ध्यान नदिएका कारण यस्ता घटनाले प्रसय पाउने गर्दछन्।  

जिल्लामा संचालन हुने बिकास निर्माणका काममा यहाँका दर्जनौ युवाहरु मजदुरी खोज्दै अन्य जिल्लामा जाने गर्दछन्। बिकास भनेको सडक हो भन्ने बुझेका तिनै तहका सरकारले खर्च गर्ने बजेट डोजर मार्फत खोसिए पछि घर छेउको रोजगारी मेसिनलाई छाडेर बाहिरीने गरेका हुन्। सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले थप उद्धारका लागि समन्वय भईरहेको बताए।  

प्रकाशित: ५ श्रावण २०७८ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App