२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटमा सक्रिय संक्रमितको संख्या साढे सात सय बढी

रौतहटमा कोरोना संक्रमणको निरन्तर विस्तार भइरहेको छ। संक्रमण दर बढी नभए पनि जिल्लामा सक्रिय संक्रमितको संख्या लगातार बढिरहेको छ। बिहीबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या साढे सात सयभन्दा बढी पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।  

गत २४ घन्टामा जिल्लामा ३७ जना संक्रमित थपिएका छन्। कन्ट्याक्ट ट्रेसिङबाट २५, नयाँ संक्रमित ११ र एन्टिजेन परीक्षणबाट एक जना गरी गत २४ घन्टामा ३७ संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७६३ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।  

जिल्लामा सबैभन्दा बढी चन्द्रपुर नगरपालिकामा संक्रमित देखिएका छन्। चन्द्रपुरमा १४७ जना सक्रिय संक्रमित भएसँगै जिल्लाको सबैभन्दा प्रभावित नगरपालिका बन्न पुगेको हो। जिल्लाको गौर नपामा ८६, गरुडामा ४२, इशनाथमा ७, राजपुरमा ३६, परोहामा ४२, बौद्धिमाईमा ११, मौलापुरमा १०, कटहरियामा २८, फतुवा विजयपुरमा ५२, देवाही गोनाहीमा १२, गुजरामा १०, वृन्दावनमा १४, गढीमाईमा १९, माधव नारायण नपामा ५८, राजदेवीमा १४, यमुनामाईमा ११ र दुर्गा भगवतीमा १९ जना सक्रिय संक्रमित रहेका छन्। जिल्ला बाहिरका २३ र अन्य मुलुकको एक जना सक्रिय संक्रमित रहेको पनि जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार जनाएको छ।  

अहिलेसम्म कोरोना संक्रमणले रौतहटका ८८ जनाको मृत्यु भइसकेको छ। जिल्लामै उपचारको क्रममा ४७ र जिल्लाबाहिर उपचारको क्रममा ४१ गरी जिल्लाका ८८ जनाको अहिलेसम्म मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो।

प्रकाशित: १३ जेष्ठ २०७८ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App